+
+
Shares

अछाममा आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते २०:३५

१८ वैशाख, कैलाली । जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको छ ।

कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएकी ५१ बर्षकी देबु सार्कीको बिहीबार बिहान मृत्यु भएको हो । मंगलसेन नगरपालिका ५ कि ती महिलालाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिए । प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइए पनि रिपोर्ट आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?