
१८ वैशाख, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।
रुसले सार्वजनिक गरेको तथ्यांक अनुसार रुसमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६ हजार चार सय ९८ पुगेको छ ।
बिहीबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र रुसमा सात हजार ९९ नयाँ संक्रमित थपिएका हुन् । रुसको लागि एकैदिनमा थपिएको संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
अहिलेसम्म रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७३ पुगेको छ । साथै ११ हजार ६ सय १९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले रुसमा अझै लामो समयसम्म रुसमा लकडाउन रहनसक्ने अधिकारीहरुले बताएका छन् । बुधबार रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले अहिले लकडाउन हटाउने समय तोक्नु असम्भव भएको बताएका थिए ।
साताको शुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकमा पीपीईलगायत स्वास्थ्य सामग्रीको अभाव भएको बताएका थिए ।
स्रोत : सीएनएन
प्रतिक्रिया 4