Comments Add Comment

जब शरीरमा भिटामिन डिको कमी हुन्छ

कोराना भाइरस विरुद्ध कुनै औषधि वा खोप तयार भइसकेको छैन । त्यसैले कोरोना संक्रमितलाई लक्षण अनुरुपको सुरक्षात्मक उपचार विधी अपनाइने गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न वा संक्रमित भइसकेको अवस्थामा रोगलाई जित्न शरीरको प्रतिरक्षा प्रणाली बलियो हुनुपर्छ भनी चिकित्सकहरुले सुझाउँदै आएका छन् । प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउने ? यसमा जीवनशैली, खानपान र चिन्तन मूख्य छन् ।

यसमध्ये प्रतिरक्षा प्रणाली बलियो बनाउने एउटा काइदा सुझाइएको छ, ‘दिनमा आधा घण्टा घाम ताप्नुपर्छ ।’ शरीरलाई आवश्यक भिटामिन डिको राम्रो र प्राकृतिक स्रोत हो, घाम ।

अहिले धेरैजसो घरभित्रै छन् । घरमा बसेका बेला घाम ताप्ने प्रवृत्ति उति धेरै पाइदैन । घामको कारण छाला रुखो हुन्छ भनेर वा घरबाट बाहिर निस्कने जाँगर नभएरपनि धेरैजसो घाम ताप्न निस्कने गर्दैनन् । त्यसैले अहिले अधिकांशको शरीरमा भिटामिन डिको कमी हुन थालेको चिकित्सकहरुले औंल्याएका छन् ।

के हो भिटामिन डिको स्रोत ?

भिटामिन डिको सबैभन्दा राम्रो स्रोत भनेको घामको किरण नै हो । बिहान वा साँझको घाम ताप्नुपर्छ, शरीरमा भिटामिन डि प्राप्त हुन्छ । घामको किरणबाट पाइने भिटामिन डीले हड्डीलाई बलियो बनाउने मात्र नभई सम्पूर्ण शरीरलाई समेत बलियो बनाउन मद्दत गर्छ । साथै, शरीरको प्रतिरोधी क्षमता बढाउन समेत भिटामिन डीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसका साथै दुध, दही, माछा, च्याउ आदिमा पनि भिटामिन डि पाइन्छ ।

भिटामिन डिको कमी भएमा के हुन्छ ?

शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा क्याल्सियम सोस्ने क्षमता कम हुने गर्छ । जसका कारण शरीरमा हड्डी, मांशपेशी तथा जोर्नीमा विभिन्न समस्या उत्पन्न हुन्छ । हड्डी कमजोर हुने, भाँचिने आदि समस्या हुनछ । हुने गर्दछ । शरीरमा भिटामिन डीको कमी हुने महिलालाई मधुमेह हुने जोखिम समेत हुने बताइन्छ ।

कसरी थाहा पाउने ?

शरीरमा भिटामिन डिको कमी भएको सामान्य लक्षण थकान हो । कुनैपनि काम नगरी थकान महसुष हुनु, जोर्नी दुख्नु, खुट्टा तथा पैताला सुन्निनु, धेरै बेर एकै ठाउँमा उभिनमा समस्या हुनु, मांसपेशी कमजोर हुनु आदि हुन् ।

अब के गर्ने त ?

शरीरमा भिटामिन डी पाउने सबैभन्दा राम्रो स्रोत भनेको घामको किरण नै हो । यसका लागि घाममा बस्दा सकेसम्म खुला कपडाको प्रयोग गर्नु पर्दछ । अझ सकिन्छ भने कम कपडाको प्रयोग गर्नु पर्छ । त्यसबाहेक, भिटामिन ‘डी’ सप्लीमेन्टको सेवनद्धारा पनि शरीरमा भिटामिन डीको कमीलाई कम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

कति समय बस्ने घाममा ?

घाममा बस्नका लागि यति नै समय चाहिन्छ भन्ने छैन । यद्यपि शरीरमा भिटामिन डीको कमी पूरा गर्न चिकित्सकहरु दिनमा कम्तीमा एक घण्टा घाममा बस्न सल्लाह दिने गर्दछन् । त्यसमा पनि विहान सबेरैको घाममा बस्नु तथा साझको घाममा एक छिन हिँड्दा शरीरका लागि आवश्यक भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment