Comments Add Comment

भारतमा लकडाउनका कारण अलपत्र मजदुरको उद्धार सुरु

१९ वैशाख, काठमाडौं । भारतले लकडाउनका कारण विभिन्न राज्यमा अलपत्र परेका नागरिकको उद्धार सुरु गरेको छ ।

भारतले विशेष रेलको माध्यमबाट मुलुकको विभिन्न स्थानमा रोकिएका मजदुर तथा विद्यार्थीलाई घर फर्काउने निर्णय गरेको हो । भारतको गृह मन्त्रालयले गरेको निर्णय अनुसार शुक्रबार ६ वटा विशेष रेल चलाएको छ । यो रेलको नाम ‘श्रमिक ट्रेन’ राखिएको छ ।

यस निर्णयअनुसार भारतमा अपराह्न ४ः५० बजे पहिलो रेल तेलंगनाको लिंगमपल्लीबाट झारखण्डको हटियातर्फ एक हजार दुई सय मजदूर लिएर प्रस्थान गरेको छ ।

भारतमा लकडाउनको कारण धेरै यात्रुहरु घर जना नपाएको र गुनासो आएपछि सरकारले उनीहरुको उद्धारको प्रयास शुरु गरेको हो ।

यसअघि सरकारले बसबाट उनीहरुलाई आफ्नो गन्तव्यमा पुर्‍याउने बताएको थियो । तर, बसबाट यात्रा गर्दा लामो समय लाग्ने भएकाले उनीहरुलाई रेलबाट घर पठाउन लागिएको हो ।

रेलमा कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन आवश्यक सुरक्षाका उपाय अपनाइने बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment