
२२ वैशाख, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख एक हजार एक सय ४७ पुगेका हुन् । साथै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या सात हजार नाघिसकेको छ ।
पछिल्लो समय ब्राजिलमा कोरोना भाइरस महामारी निरन्तर बढिरहेको भए पनि राष्ट्रपति जेयर बोल्सोनारो लकडाउनको विरुद्धमा देखिँदै आएका छन् । आइतबार उनले अहिले ब्राजिलका केही राज्यले लगाएको लकडाउनको कारण धेरै रोजगारी गुमेको बताउँदै यस्तो नियम गैर जिम्मेवारी र अस्वीकार्य रहेको बताएका थिए ।
उनले कोरोना भाइरसबाट केही मानिसहरूको मृत्यु हुँदैमा लकडाउन गरेर अर्थतन्त्रलाई भार थप्न नहुने बताउँदै आएका छन् ।
चीनको वुहानबाट निस्किएको कोरोना भाइरसका संक्रमितको संख्या अझै केही सातासम्म बढ्ने विशेषज्ञहरू बताउँछन् । ब्राजिलसहितका केही छिमेकी मुलुकमा पनि कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको भन्दै विज्ञहरूले आशंका व्यक्त गरेका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4