
२२ वैशाख, काठमाडौं । वैशाख महिनामा पनि केही दिनयता लगातारजसो वर्षा भइरहेको छ । सामान्यतया मनसुन सुरु भइसकेपछि मात्र हुने यस्तो वर्षा वैशाख महिनामा नै हुँदा धेरै मानिस अचम्ममा परेका छन् ।
दिनभरि घाम चर्किने र गर्मी हुने समयमा पनि लगातारको वर्षाका कारण चिसो बढेको छ। हुनत: लकडाउनका कारण मानिसहरू घरभित्रै बसिरहनुपरेकाले काममा बाहिर निस्कनुपरेको छैन ।
तर, अत्यावश्यक कामले घरबाहिर निस्कनुपर्नेहरू भने वर्षाका कारण समस्यामा परेका छन् । सोमबार बिहानदेखि लगातार वर्षा भए पनि दिउँसो भने वर्षा रोकिएको छ। तर, आकाश पूरै खुलेर घाम लागेको छैन ।
हेर्नुहोस् तस्वीरहरू
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4