+
+

मान्छेको शरीरमा डिसइन्फेक्सन स्प्रे छर्किनु हुन्न : स्वास्थ्य मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १६:५१

२२ वैशाख, काठमाडौं । सरकारले मानिसको शरीरमा हानिकारक किटाणुनाशक औषधि छर्किनु (डिसइन्फेक्सन स्प्रे) हानिकारक हुने भन्दै यसरी नछर्किन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा किटाणुनाशक औषधि छर्किँदा आँखा, नाकमा असर गर्ने र स्वासप्रश्वाससम्बन्धी समस्या देखिने भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।

केही दिनयता मानिसको शरीरलाई पनि हानिकारक किटाणुरहित बनाउने भन्दै डिसइन्फेक्सन स्प्रे छरिएको देखिएको छ । यो स्प्रेले मानिसको शरीरमा भएको भाइरस नमर्ने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उनले तोकिएको मापदण्ड पालना गरेर सही तरिकाले भुइँ र सतहमा भने डिसइन्फेक्सन स्प्रे प्रयोग गर्न सकिने बताए। त्यस्तै प्याकिङ गरेको वस्तुको प्याकेटमा पनि यसको प्रयोग गर्न सकिने देवकाटाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?