+
+
Shares

कोरोनाबाट ३५ लाख ८० हजार बढी संक्रमित, मृतकको संख्या २ लाख ५१ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते ७:२४

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीमा विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ५१ हजारभन्दा बढी पुगेको छ । ३५ लाख ८० हजार दुई सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । समग्र संक्रमितको एक चौथाइ संख्या अमेरिकामा मात्रै छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार नौ सय २० र संक्रमितको संख्या ११ लाख ७८ हजार नौ सय ६ पुगेको छ ।

स्पेनमा दुई लाख १८ हजार ११ जनामा संक्रमण र २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ।यसैगरी इटालीमा दुई लाख ११ हजार नौ सय ३८ जनामा संक्रमण र २९ हजार ७९ जनाको मृत्यु भएको छ ।

विश्वभर ११ लाख ६२ हजार पाँच सय ६३ जना उपचारपछि निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?