Comments Add Comment

जसिताको अपिल–‘बाहिर निस्कदा जनावरका लागि पनि सोच्नुहोस्’

नायिका जसिता गुरुङले आफ्नो लागि खानेकुरा किन्न बजारमा निस्कदा जनावरका लागि पनि सोच्न सबैसँग अपिल गरेकी छिन् ।

एक सामाजिक संस्थासँग मिलेर कुकुरलाई खाना खुवाउँदै गरेकी जसिताले अन्य मानिसहरुलाई पनि जनावरका लागि सोच्न अपिल गरेकी हुन् ।

जसिताले कोभिड १९ को संक्रमणका कारण सबैर्लाइ घरमै बस्न र आफनो ख्याल राख्न आग्रह पनि गरेकी छिन् । जसिता लेख्छिन्–‘यदि तपाई आफना लागि अत्यावश्यक कुरा किन्नका लागि बाहिर जाँदै हुनुहुन्छ भने कृपया सडकमा हिडेका जनावरका लागि पनि केही सोच्नुहोस् र उनीहरुलाई पनि केही खुवाउनुहोस् ।’

नायिका जसिता गुरुङले कुकुरलाई खाना खुवाउँदै गरेको तस्वीर पोष्ट गर्न आम-मानिसहरुलाई जनावरका लागि सोच्न अपिल गरेकी हुन् ।

यसअगाडि, नायिका वर्षा सिवाकोटी, वर्षा राउत लगायतले पनि जनावरका लागि सोच्न आम-मानिससँग अपिल गरेका थिए ।

लकडाउनका कारण मानिसहरु घरमै रहँदा सडकका जनावर भोकै रहने गरेको समाचार सार्वजनिक भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment