+
+
Shares

नेपाल टिपर तथा ट्रक व्यवसायी संघको अनलाइनमार्फत बीएसआईभी र बीएसभीआई सम्बन्धी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १७:०५

२३ वैशाख, काठमाडौ । सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्सको आयोजनामा नेपाल टिपर तथा ट्रक व्यवसायी संघ, कलंकी काठमाडौंमा आवद्ध आफ्ना ग्राहकहरूलाई बीएसआईभी र बीएसभीआईसम्बन्धी अनलाइन तालिम भएको छ ।

उक्त तालिममा संघका विभिन्न ग्राहकहरू गरेर १५जनाको सहभागिता रहेको थियो । टेक्नोलोजीका गाडीहरूमा के कस्ता नयाँ टेक्नोलोजी भित्रिएका छन्। गाडीको नयाँ प्रविधिलाई कसरी सहजीकरण गर्ने र यसका फाइदाहरू के-के छन् भन्ने विषयमा तालिममा छलफल गरिएको थियो ।

आगामी दिनमा यस किसिमका महत्वपूर्ण तालिमहरू आफ्ना चालक तथा सहचालकलाई पनि दिनुपर्ने कुरा उक्त तालिममा व्यवसायीहरूले राखे ।

सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्स नेपालका ग्राहक सेवा महाप्रवन्धक सामदेन लामाले अबको युगभनेको नवीनतम प्रविधिको युग भएको र आउने दिनहरूमा आफ्ना ग्राहकलाई विश्वस्तरीय प्रविधिका साथ निरन्तर उच्चस्तरीय सेवा दिने बारेमा विश्वास दिलाए।

उक्त तालिममा नेपाल टिपर ट्रक व्यवसायी समिति, कलंकीका अध्यक्ष रामकुमार चापागाईं पनि सहभागी थिए र यसरी अनलाइनमार्फत ग्राहक, व्यवसायी तथा देशभित्र विभिन्न प्राविधिकहरूलाई दिइरहनु भएको बीएसभीआई तालिमका लागि धन्यवाद दिए।

यो तालिममा बीएसआईभी को गाडीहरुको प्राविधिक तथा सैद्धान्तिक ज्ञान विस्तृत रुपमा दिएको थियो भने निकट भविष्यमा आइरहेका बीएसभीआई गाडीहरूको भने परिचित कार्यक्रम रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?