Comments Add Comment

निको भएका दुई जनामा पुनः कोरोना संक्रमण देखियो

२३ वैशाख, काठमाडौं । निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

नारायणी अस्पतालमा दुई साता लामो उपचारपछि उनीहरुलाई १४ गते डिस्चार्ज गरिएको थियो । तीन पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।

तर स्वास्थ्यमा समस्या देखिएको भन्दै दुबै जना २१ वैशाखमा फेरि अस्पताल पुगेका थिए । हाल आइसोलेनमा रहेका दुबैको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment