Comments Add Comment

पीसीआर विधिबाट स्वास्थ्यकर्मीको कोरोना परीक्षण हुन्छ : मन्त्री बराल

२३ वैशाख, बुटवल । प्रदेश ५ का समाजिक बिकास मन्त्री सुदर्शन बरालले उपचारका लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको पहिलो फेजमा पीसीआर परीक्षण गर्ने तयारी रहेको बताएका छन् ।

कोरोना महामारीका बेला जोखिम मोलेर उपचारमा खटिने चिकित्सक, सीमामा खटिएका सुरक्षाकर्मी तथा रिर्पाेटिङमा हिँड्ने पत्रकारको पनि कोरोना परिक्षण गर्ने योजना रहेको उनले बताए ।

राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाको पहलमा चीनको कान्तु प्रान्तबाट आएको स्वास्थ्य सामग्री ग्रहण गर्दै उनले प्रदेश ५ सरकार कोरोनाकोविरुद्धमा लड्न एकजुट रहेको दाबी गरे ।

कोरोना भाइरस चीनबाटै अन्य मुलुकमा फैलिए पनि  चीनले विश्व समुदायप्रति देखाएको उदारता र सहयोगको उनले प्रशंसा समेत गरे ।

मन्त्री सुदर्शन बराललाई कान्तु प्रतिनिधि डा. होङ हाङ, चिकित्सक संघका महासचिव सागर न्यौपाने, केन्द्रीय सदस्य सम्राट पराजुली, संघका शाखाका महासचिव सन्तोष पोखरलले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

२० हजार थान सर्जिकल माक्स र एक हजार थान पीपीइ र थप सामग्री जुटाउने काम जारी रहेको डा. न्यौपानेले जानकारी दिए ।

यसैबीच चिकित्सकहरुले स्वास्थ्य उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेका छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्न कार्यक्रममै चिकित्सक संघले फ्रन्टलाईनमा बसेर सेवा गर्ने स्वास्थ्य कर्मचारीहरुको यथाशिघ्र स्वास्थ्य परीक्षणको माग गरेका हुन । उनीहरुले संघ मार्फत समाजिक बिकास मन्त्री बराललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment