Comments Add Comment

पूर्वको भेनिस ब्रुनाइ बारेका केही रोचक तथ्यहरू

दुनियाँका हरेक देशहरूका केही न केही आफ्ना मौलिक संस्कृति तथा परम्पराहरू हुन्छन् नै । दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाइका बारेमा समेत विभिन्न अनौठा तथा रोचक तथ्यहरू छन् ।

राजतन्त्रात्मक मुलुक ब्रुनाइ मुस्लिम बाहुल्य मुलुक हो । त्यहाँ अहिलेसम्म पनि महिलालाई मतदानको अधिकार छैन । ब्रुनाइले सन् १९८४ मा बेलायती उपनिवेशबाट मुक्ति पाएको थियो ।

ब्रुनाइमा एउटा अनौठो चलन छ, जुन विश्वका अन्य देशहरूमा सायदै होला । ब्रुनाइमा घरका भित्ताहरूमा पत्नीको तस्वीर टाँग्ने चलन छ । बहुविवाह गरेका पुरुषहरूको घरमा एकभन्दा धेरै पत्नीका तस्वीरहरू टाँगिएका हुन्छन् । महिलाको तस्वीरसँगै घरका भित्तामा राजाको तस्वीर पनि टाँगिन्छ ।

ब्रुनाइमा जनसंख्याको अनुपातमा कारहरूको संख्या निकै धेरै छ । देशमा घरभन्दा कारको संख्या धेरै छ। प्रतिहजार जनसंख्यामा औसतमा ७ सयवटा कार छन् ।

ब्रुनाइका सुल्तानलाई विश्वका सबैभन्दा धनी राजाहरूमध्ये एक मानिन्छ। राजासँग ७ हजारभन्दा धेरै गाडीहरू रहेको खबर सन् २००८ मै सार्वजनिक भएको थियो । राजाका निजी कारहरू सुनजडित छन् ।

ब्रुनाइका राजा हसानल बोल्किह एलिजाबेथ द्वितीयापछि विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राजा हुन् । उनको शासनकाल सन् १९६७ मा सुरु भएको थियो र अहिले ५३ वर्ष पुगिसकेको छ । ब्रुनाइका राजामा शासनको एकाधिकार कायम छ । उनी राजामात्र नभई देशका प्रधानमन्त्री, रक्षामन्त्री तथा अर्थमन्त्रीसमेत हुन् ।

ब्रुनाइको राजदरबार विश्वको सबैभन्दा ठूलो राजदरबार पनि हो । उक्त राजदरबारमा १७ सय ८८ वटा कोठाहरू छन् । त्यस्तै दुई सय ५७ वटा बाथरुम, ५ वटा स्विमिङ पुल र ११० वटा कार अट्ने ग्यारेजसमेत दरबारमा रहेको छ ।

साढे २१ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको यो दरबारले विश्वको सबैभन्दा ठूलो आवासीय दरबारको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

ब्रुनाइलाई पूर्वको भेनिस पनि भनिन्छ। भेनिसलाई समुद्रमाथिको सहर भनिएजस्तै ब्रुनाइको काम्पोंग आयर बस्ती ब्रुनाइ नदीमाथि बनाइएको छ । नदीमा काठका थाम हालेर नदीमाथि घर ठडाइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment