Comments Add Comment

वैशाख पूर्णिमा : दान र पुण्यको महत्व

वैशाख पूर्णिमाको दिनलाई विशेष मान्ने गरिन्छ । यस शुभदिनमा दान दिने एवं पुण्यको काम गर्ने राम्रो अवसर मानिन्छ । वैशाख महिनाको पूर्णिमा तिथिमा बुद्ध पूर्णिमा मनाइन्छ ।

यस दिनका साथ के पनि मान्यता छ भने भगवान श्रीकृष्णका बाल्यकालका घनिष्ट साथी सुदामालाई भेट्नका लागि द्वारिका पुगेका थिए । तब भगवान कृष्णले उनलाई सत्य विनायक पूर्णिमा व्रतको विधान बताएका थिए । यही व्रतको प्रभावबाट सुदामाको जीवनको सबै दरिद्रता हटेको थियो भन्ने गरिन्छ ।

वैशाख पूर्णिमाको महत्व

वैशाख महिनाको पूर्णिमामा धर्मराजको पूजा गर्ने परम्परा छ । यसदिन व्रत बस्नाले अकाल मृत्युको भय नहुने बताइन्छ । यो पवित्र दिनमा ध्यान साधना गर्ने । शरीरलाई शुद्ध राख्ने । स्नान गर्ने । दान दिने । पुण्यको काम गर्ने जस्ता कार्यले राम्रो प्रतिफल मिल्ने विश्वास गरिन्छ ।

धार्मिक मान्यता के छ भने यस दिन ब्रम्हादेवले कालो र सेतो तिलको निर्माण गरेका थिए । त्यसैले यस दिन उक्त तिलको प्रयोग अनिवार्य गर्नुपर्ने बताइन्छ ।

पुराणमा वैशाख पूर्णिको तिथि अत्यन्त पवित्र र फलदायी मानिन्छ । यस दिन मन्दिरमा हवन पूजन सम्पन्न गरी वैशाख महात्म्य कथा वाचन गरिन्छ।

वैशाख पूर्णिमा र बुद्ध पूर्णिमाको सम्बन्ध

भगवान बुद्ध पूजनीय छन् । उनी यस्तो दिव्य आत्मा थिए, जसलाई भगवानको सम्मान मिल्यो । वैशाख पूर्णिमाको दिन नै भगवान् बुद्धको जन्म भएको थियो । त्यति मात्र होइन, कति वर्षसम्म जंगलमा गई तपस्या गरेपछि वैशाख पूर्णिमाको दिन नै भगवान बुद्धलाई बोधिवृक्षको मुनि सत्य ज्ञान प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment