Comments Add Comment

प्रचण्डलाई भेट्न बामदेव बिहानै पुगे खुमलटार

फाइल फोटो

२४ वैशाख, काठमाडौं । अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका नेकपा उपाध्यक्ष बामदेव गौतमले बुधवार बिहानै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर आफू पार्टीमा एकताको पक्षमा रहेको बताएका छन् ।

यसबीचमा बामदेव ओलीतिर लागेको बुझेपछि प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ चार नेताको मात्र अलग छलफल भएको थियो । सो छलफलमा बामदेवले विश्वासघात गरेको चर्चा भएको थियो ।

गौतमले प्रचण्डलाई भेटेर आफू ओली गुटमा नलागेको र पार्टी विभाजन हुनुहुँदैन भन्ने पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री पछिल्लो सहमति र पार्टी निर्णयअनुसार नै चल्नुपर्ने धारणा बामदेवले राखेको निकट स्रोतले जनाएको छ ।

दुई अध्यक्ष मिलेर स्थायी कमिटीमा प्रस्ताव ल्याउनु राम्रो हुने गौतमको सुझाव छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंसिर ४ को सहमतिअनुसार एकजनाले सरकार र अर्कोले पार्टी कामको नेतृत्व गर्ने समझदारी अनुरुप प्रस्ताव ल्याउने भनिए पनि दुई अध्यक्षबीच कुरा नमिलेको बताइन्छ ।

आज बस्ने सचिवालय बैठकमा प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी कमिटीमा लैजाने प्रस्ताव ल्याउने भनिए पनि दुई अध्यक्षको कुरा नमिलेकाले प्रस्ताव लेखन अघि बढेको छैन । सचिवालय बैठक बुधबार दिउँसो ३ बजे बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment