Comments Add Comment

विषाक्त हुनसक्छ सागपात एवं फलफूल, कसरी गर्ने शुद्धिकरण ?

सागसब्जी र फलफूल रोप्ने, उमार्ने, फलाउने, भण्डारण गर्ने क्रममा रासयनिक मलदेखि किटनाशक औषधिसम्म प्रयोग गर्ने चलन व्यापक छ । त्यसैगरी चाडै फलाउन, लामो समय भण्डारण गर्न पनि विभिन्न रसायनको प्रयोग गर्ने प्रवृत्ति छ । यसरी उत्पादन गरिएका खानेकुरा सेवन गर्दा त्यसले स्वास्थ्यमा प्रत्यक्ष हानी गर्छ ।

जबकी हामी यस्तै खानेकुरा सेवन गर्न बाध्य छौं । आफ्नै पर्याप्त उत्पादन नहुनु वा बजारमुखी भएको कारण धेरैजसो सागसब्जी, फलफूल बाहिरबाट खरिद गरेर सेवन गरिन्छ । अतः यसरी ल्याइएका सागसब्जी र फलफूललाई विषरहित बनाउने सामान्य विधी छन्, जो उपयोगी हुनसक्छ ।

शुद्धिकरणको विधी

कुनैपनि सागसब्जी वा फलफूल ल्याइसकेपछि राम्ररी पखाल्नुपर्छ । एउटा भाँडामा सफा पानी राखेर त्यसमै डुब्नेगरी २० वा ३० मिनेटसम्म राख्नुपर्छ । नुन पानीमा डुबाएर राख्नु पनि उपयुक्त हुन्छ । त्यसपछि राम्ररी पखालेर सेवन गर्न सकिन्छ ।

आलु

आलुको बोक्रा तासेर राम्ररी धुनुपर्छ । त्यसरी धोएको आलुलाई काटेपछि कम्तीमा सफा पानीमा २० मिनेट भिजाएर राख्नु पर्छ । त्यसपछि पुनः एक पटक राम्ररी पखालेर पकाउनुपर्छ ।

गोलभेंडा

काँचो गोलभेंडा खानु राम्रो मानिंदैन । खानै परेमा राम्ररी धोएर मात्र खानु पर्छ । विषादी मिसाइएको गोलभेंडा त काँचै खानै हुँदैन । त्यसैले सकेसम्म गोलभेंडालाई पकाएर मात्र खाने गर्नुपर्छ ।

पालुङ्गो

पालुंगोमा पनि विषादीको मात्रा बढी हुन्छ । त्यसैले पालुङ्गो पकाउनुभन्दा अघि पानीमा राम्ररी पखाल्नु पर्छ । पानीमा पखालेपछि पानी सुख्खा भएपछि त्यसलाई मसिनो टुक्रा पारेर पकाउनु पर्छ ।

गाजर

काँचो गाजर खानुभन्दा अघि सफा पानीले राम्ररी पखाल्नु पर्छ । गाजरलाई पखालेपछि तास्न पनि सकिन्छ । यदि गाजरलाई पकाउने हो भने केही समय नुन पानीमा डुबाउन पनि सकिन्छ ।

भन्टा

बजारमा पाइने चिल्लो खालको भन्टा स्वस्थकर हुँदैन । त्यसमा कार्बोफ्लुराइन नामक रसायन प्रयोग गरेर त्यसलाई चम्किलो बनाइएको हुन्छ । त्यस्तो भन्टा नकिन्नु नै उपयुक्त हुन्छ । यदि किनिसकेका छौं भने पानीमा राम्ररी पखालेर चर्को आँचमा पकाउनु पर्छ ।

बन्दाकोभी

बन्दाकोभीमा बर्खे किरा परेको हुनसक्छ । त्यसैले बन्दाकोभी पकाउँदा बाहिरी आवरणका पातहरुलाई झिकेर फाल्नु पर्छ । बाहिरी आवरणमा विषादीको प्रयोग भएको हुनसक्छ । बाहिरी पात फालेपछि बन्दाकोभीलाई पाँच–छ टुक्रा बनाएर नुनपानीमा केही समय डुबाउनु पर्छ । त्यसपछि पानीबाट बाहिर निकालेर मसिनो टुक्रा पारेर पकाउँदा उक्त बन्दा स्वस्थकर हुन्छ ।

स्याउ

हरेक दिन एउटा स्याउ खानुलाई स्वस्थकर मानिन्छ, तर हामीले खाने स्याउ नै विषादीरहित हुनु अनिवार्य छ । स्याउलाई विषादीरहित बनाउने उपाय अति नै सरल छ । स्याउ खानुअघि त्यसको बोक्रालाई तासेर खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment