
म एक दशक देखी नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञको हैसियतले नसा सम्बन्धी रोगको उपचार गरिराखेको छु । मेरो यो अनुभव तपाईंहरुलाई जानकारीमुलक हुन सक्छ ।
धेरै मानिसहरुले नसा भन्नाले शरिरमा रक्तप्रवाह गर्ने माध्यम वा रक्तनलीलाई मात्र नसा भनेर बुझेको पाइन्छ । वास्तवमा रक्तप्रवाह गर्ने नलीलाई रक्तनली वा ब्लड भेसल्स भनिन्छ । अर्को प्रकारको नसा भनेको हामी जसलाई स्नायु (नर्भ) भन्दछौं ।
हाम्रो शरिर सञ्चालनको केन्द्रिय कार्यालय भनेको ब्रेन हो । सेन्ट्रल नर्भ सिस्टमबाट शरिरका विभिन्न अंग सम्म पेरिफेरल नर्भ फैलिएका हुन्छन् । ती सेन्ट्रल नर्भ सिस्टमको निर्देशन अनुसार हरेक अंग चलेका हुन्छन् । सेन्ट्रल निर्देशनलाई हरेक अंगसम्म पु¥याउने माध्यम चाहि पेरिफेरल नर्भ सिस्टम हो ।

उदाहरणको लागि जस्तै हामीले आँखा देखिरहेका छौं वा कानले सुनिरहेका छौं । ब्रेनमा आँखा वा कानलाई नियन्त्रण गर्ने इकाई हुन्छ । त्यो इकाई बिग्रिएमा वा अक्षम भएमा हामी आँखा देख्न वा कान सुन्न सक्दैनौं । यद्यपी कान वा आँखा सकुशल नै रहन्छ, केवल ती अंग नियन्त्रण गर्ने केन्द्रिय इकाई मात्र अक्षम भएको हो ।
छोटकरीमा भन्नुपर्दा नसा रोग भनेको स्नायु प्रणालीसँग सम्बन्धित समस्यालाई जनाउँदछ ।
नसा सम्बन्धी रोगहरु जस्तै :
– प्यारालाइसीस,
-नसा च्यापिएर हुने समस्या,
-नसा कमजोर भएर सुक्ने,
-दिमागको नसा सुक्दै जाने,
-मुख बाङ्गिने,
-कानको नसा सुक्दै जाने आदीले स्नायु प्रणाली (नर्भ सिस्टम) सँग सम्बन्धित समस्यालाई जनाउँदछन ।
स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी रोग लाग्न थालेमा केही लक्षणहरु देखिन सक्छ ।
लक्षणहरु
– हातखुट्टा झमझमाउने,
-पोल्ने,
-लाटो हुने,
-लुलो हुने,
-मासु सुक्दै जाने,
-शरिरको कुनै अंगको कार्यक्षमतामा ह्रास हुने,
-रिङ्गटा लाग्ने,
-कुनै अंगमा दुखाईको अनुभव हुन सक्छ ।
यस्ता समस्या भएमा स्नायु प्रणाली सम्बन्धी रोग लागेको अनुमान गर्न सकिन्छ ।
मेरो अनुभवमा करिब १ दशक अगाडि सम्म प्रायः स्नायु प्रणाली सम्बन्धी बिरामी ४०-५० वर्ष कटेका भेटिन्थे । आजकल कलिलै उमेरका व्यक्तिहरुलाई यो समस्या देखिएको छ । यो संख्या बढ्दो छ । प्रमुख कारण ३ वटा छन : आहार, बिहार र विचार ।
आहार भनेको खानपिन, विहार भन्नाले शारिरिक कसरत र विचार भन्नाले वैचारिक सन्तुलनलाई बुझिन्छ ।
यी ३ ओटा कुराको सन्तुलन नभएमा रोग लाग्दछ ।
अहिलेको पुस्तामा सन्तुलित दिनचर्या नभएकाले यो अवस्था सिर्जना भएको होला जस्तो लाग्छ । अस्वस्थकर जीवनशैलीले विकराल परिस्थिति सिर्जना गरिरहेको छ । फलतः ५० वर्षमा लाग्ने रोग करिब २०-२५ वर्षको कलिलो उमेरमा नै देखिएको छ ।
यदि स्नायु प्रणाली ९नर्भ सिस्टम० सम्बन्धी समस्या भएको व्यक्ति ३ महिना वा ६ महिना भित्र उपचार गर्न आएमा अती चांडै निको पार्न सकिन्छ । दशकौं वर्ष पुरानो एकदम जटिल भएमा मात्र गाह्रो हुने हो । समयमै आउने हो भने त स्नायु प्रणाली सम्बन्धी सवै समस्या अती चांडै निको पार्न सकिन्छ ।
धेरै हस्पिटलले अप्रेशन गर्नु भनेको बिरामी समेत हामीले बिना अप्रेसन सफल उपचार गरेका छौं । म र मेरो मातहातमा रहेको मेडिकल टिमले हजारौं बिरामी निको बनाएका छौं । उहांहरु ८ र १० बर्ष देखी सामान्य जीवनयापन बिताइरहनुभएको छ ।
विश्वमा स्नायु प्रणाली सम्बन्धी समस्या भएमा अकुपञ्चर सवैभन्दा उत्तम विकल्प मानीएको छ ।
अकुपञ्चरको साथसाथै केही अन्य बिधीहरु को संयोजनबाट उपचार गर्दा असाध्ये छिटो लाभ मिल्दछ। र कुनै साइड ईफेक्ट पनि हुँदैन । रोग लागे पछी जति चाडो चिकित्सककोमा उपचार गर्न जानु हुन्छ त्यती सफलतापुर्बक निको बनाउन सकिन्छ ।
लेखक अकुपन्चर बिशेषज्ञ हुन्
प्रतिक्रिया 4