Comments Add Comment

गुल्मीमा हिउँदे मकैको घोगा बिक्री भएपछि किसान उत्साहित

२४ वैशाख, गुल्मी । गुल्मीका किसान हिँउदे मकै खेतीतर्फ आकर्षित भएका छन् । बेमौसमी सिजनमा उत्पादन गरेको हरियो मकैको घोगा बिक्न थालेसँगै किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन गरिएको लकडाउनको समयमा पनि हरियो मकै बिक्री भएपछि किसानहरु उत्साहित भएका छन् ।

जिल्लामा प्रधानमन्त्री कृषि परियोजना मकै जोन कार्यक्रम लागु भए पश्चात हिँउदे मकैखेतीको विस्तार गरिएको हो । इस्मा गाउँपालिका २ रातडाडाकी किसान कोपिला जिसीले हिँउदे सिजनको मकै राम्रो उत्पादन हुन थालेकाले यसको खेतीलाई निरन्तरता दिएको बताइन् ।

परियोजनाले जिल्लाको इस्मा गाउँपालिकाको राताडाँडा गुर्वाखोला चौरासी र मालिका गाउँपालिकाको सिमलटारी क्षेत्रमा हरियो मकैको घोगा उत्पादनका लागि हिँउदे मकैको शुरुवात गरेको थियो । जिसीले अघिल्लो वर्ष २ रोपनी क्षेत्रफलमा हरियो मकै लगाएकोमा यस वर्ष ५ रोपनी क्षेत्रफमा हरियो मकै लगाएकी छन् ।

कात्तिकको अन्तिम हप्ता रोपिएको मकैको घोगा अहिले बेच्न थालेको उनको भनाइ छ । रातडाडामा उत्पादन भएको हरियो मकै तम्घास र स्थानीय गाउँमै खपत हुने गरेको जिसीले भनाइ छ ।

किसाननले हरियो मकै प्रतिघोगा १५ रुपैयाँमा बेचेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment