
२४ वैशाख, काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा हरेक विहान यस्तै भीड हुन्छ । लकडाउनको समय भए पनि विहान अत्यावश्यक खाद्यवस्तु किन्नका लागि सर्वसाधारणलाई घरबाहिर निस्कन दिइएको छ ।
त्यस क्रममा कोटेश्वर चोकमा तरकारी, खाद्यवस्तु किन्नेको भिड लाग्ने गरेको छ । सडक किनारमा लहरै राखिएको तरकारी तथा फलफूलको पसलमा ठूलो संख्यामा मानिसहरु किनमेलका लागि आउने गरेका छन् ।
अत्यधिक संख्याका कारण कोरोना भाइरसविरुद्ध सचेतना यहाँ अपनाउने गरिएको छैन । मानिसहरु ठेलमठेल हुने हुनाले निश्चित दूरी कायम गर्ने र पालैसँग सामान किन्ने गरिएको छैन ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4