Comments Add Comment

नेपालगञ्जमा संक्रमितको सम्पर्कमा आएका ३४ जनाको रिपोर्ट नेगेटिभ

२४ वैसाख, बुटवल । बाँकेको नेपालगञ्जका कोरोना संमक्रितको सम्पर्कमा रहेका व्यक्ति मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नंं ८ का ३४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको भेरी अस्पताल नेपालगञ्जले जानकारी दिएको हो ।

एउटै टोलका २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज–८ का ५६ जनाको मंगलबार साँझ स्वाब संकलन गरिएको थियो । ती मध्ये ३४ जनाको मात्रै रिपोर्ट आएको र बाँकी २२ जनाको परीक्षण हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।

बुधबार संक्रमितको सम्पर्कमा रहेका थप एक सय ५६ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पसर्न नरेशमान श्रेष्ठले जानकारी दिए । एउटै टोलमा २३ जना संक्रमित देखिएपछि संक्रमण फैलिनुको कारण खोज्न विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोली नेपालगञ्ज पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको टोलीले कोरोना टेस्टको गुणस्तर र प्राविधिक पक्षमा आवश्यक सहयोग गर्ने फोकल पसर्न श्रेष्ठले जानकारी दिए । लकडाउनको ३८ औं दिन गत शुक्रबार नेपालगञ्ज-८ स्थित जोलाहनपुरवास्थित अन्सारी मस्जिदका ६० वर्षीय मोअज्जीन (नमाज पठाउने व्यक्ति) मा संक्रमण पुष्टि भएपछि पूरै टोल सिल गरेर ९० जनाको स्वाब संकलन गरिएको थियो । सोही ९० जनाको स्वाब परिक्षण गर्दा २२ जनामा कोरोना भेटिएको थियो ।

दोस्रो चरणमा फेला परेका १५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी मंगलबार साँझ महेन्द्र पार्क नजिकका ५६ जनाको स्वाब संकलन गरिएको थियो । तेस्रो चरणमा भेटिएका सात जनाको कन्ट्याक्ट ट्रेसिङका लागि बुधबार संक्रमितसँग कुरा गरिएको छ ।

बाँकेमा कोरोना संक्रमित बिरामी राख्नका लागि ६ वटा अस्पताल व्यवस्थापन गरिएको छ । जसमा कोभिड १९ का लागि १ सय २६, आईसीयू बेड संख्या ५३, भेन्टिलेटरको संख्या २१ रहेको फोकल पर्सन श्रेष्ठले बताए । भेरी अस्पताल नेपालगञ्ज, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेज, साइनिङ्ग अस्पताल नेपालगञ्ज र डेन्टल अस्पताल नेपालगञ्जमा कोभिड १९ का बिरामीका लागि बेडको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment