Comments Add Comment

खतरनाक हुन सक्छ पेनकिलर

खासगरी शरीरको दुखाइ कम गर्न हामी पेन किलर सेवन गर्छौं । पेन किलर शरीरका लागि हानिकारक हुन्छ । यदि कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुन सक्छ ।

अझ प्रवृत्ति कतिसम्म खराब छ भने यस्ता पेनकिलर चिकित्सकको परामर्शविना नै लिने गरिन्छ । सामान्य टाउको दुखेको बेला होस् वा कुनै घाउ दुखेको बेला । जबकि पेन किलरले अन्तत: जटिल समस्या पैदा गर्न सक्ने खतरा रहन्छ ।

दममा

केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वाससम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले दमको शिकार हुने खतरा रहन्छ । नियमित मात्रामा पेन किलर सेवन गर्दा त्यसले फोक्सोको समस्या निम्त्याउँछ ।

पेटमा घाउ हुन सक्छ

पेन किलर धेरै मात्रामा सेवन गर्दा त्यसले पेटमा ग्यासको समस्या ल्याउने सम्भावना हुन्छ । छातीमा जलन, पेटमा दुखाइ, नमीठो डकार, वान्ता हुन सक्छ । यसले क्रमश: पेट सुन्निने समस्या ल्याउँछ । यो क्रम जारी रहेमा पेटमा घाउ आउन सक्छ ।

मुटुको रोग

लामो समयसम्म कुनैपनि पेनकिलर सेवन गर्दा त्यसले मृगौलाको रोग निम्त्याउँछ। कलेजोलाई हानि गर्छ । मानसिक रोगी बनाउँछ । किनभने पेन किलरले रगतलाई दूषित बनाउँछ । यसले हृदयघातको समस्या पनि ल्याउन सक्छ ।

कलेजो सुन्निने

पेन किलरको असर कलेजोमा पर्छ । पेन किलर धेरै मात्रामा सेवन गरेपछि कलेजाको सेल्स मर्न थाल्छ । यसको ठूलो लक्षण हो, भोक कम लाग्नु ।

रक्तश्राव हुन सक्छ

एक अध्ययनअनुसार अधिक मात्रामा पेन किलर सेवन गर्नु निकै खतरनाक छ । कुनैपनि पेनकिलर औषधिको प्रभाव हुनका लागि कम्तीमा तीस मिनेट लाग्छ। यस्तो अवस्थामा पेनकिलरको ओभरडोज लिँदा रक्तश्राव, मिर्गौलालाई हानि हुने खतरा रहन्छ।

गर्भपात

गर्भवती महिलाले पेनकिलर सेवन गर्नु निकै जोखिमपूर्ण हुन सक्छ । पेनकिलरको सेवनले गर्भपात हुने खतरा रहन्छ ।

रक्तचाप बढ्छ

पटक पटक पेनकिलर सेवन गर्दा त्यसको लत लाग्छ । यस औषधिको लगातार सेवनले उच्च रक्तचाप बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment