+
+
Shares

अनिल शर्मालगायतका नेतालाई विनासर्त रिहा गर्न विप्लवको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते १३:०३

२५ वैशाख, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेता तथा कार्यकर्तालाई विनासर्त रिहा गर्न माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै गिरफ्तारमा परेका पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरही, इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदीलगायतलाई रिहा गर्न माग गरेका हुन् ।

उपचारका लागि अस्पताल पुगेका ‘विरही’ मंगलबार चितवनबाट पक्राउ परेका थिए । सोही दिन नै सुवेदी पनि चितवनबाट गिरफ्तारमा परेका थिए । लकडाउनअघि र त्यसपछि पनि यस पार्टीका नेता–कार्यकर्ता पक्राउ परिरहेका छन् ।

कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै पार्टीले कारबाही स्थगन गरेको अवस्थामा सरकारले आतंक र हिंसा मच्चाएको आरोप विप्लवकाे छ । उनले यसविरुद्ध लड्न सबैमा अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?