Comments Add Comment

फिल्ममा कहिले काम लाग्ला सुरविनाको एक्सन ?

नायिका सुरविना कार्की लकडाउनका कारण नेपालमै छिन् । होइन भने यतिबेला उनी मुम्बईमा फोटोसुट वा जिममा व्यस्त हुन्थिन् ।

तर, लकडाउनका कारण उनी नेपालमै विगत २ महिनादेखि बस्न बाध्य छिन् । सुरविना कार्कीलाई नेपाली चलचित्र क्षेत्र फापेन । उनको अभिनयलाई दर्शकले उनका चलचित्रमा पत्याएनन् ।

त्यसपछि, अभिनयमै केही गर्ने सोचले मुम्बई हानिएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तताइरहेका हुन्छन् ।

हालै सुरविनाले एक एक्सन मुडको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । सुरविनाले तस्वीर पोष्ट गर्दै बलियो हुन चाहनुहुन्छ भने एक्लै एक्सन सिक्नुहोस् भन्ने सुझाव दिएकी छिन् ।

सुरविनाले अभिनयका विभिन्न पाटो जस्तै एक्सनमा पनि जोडतोड लगाएको हुनुपर्छ । तर, उनलाई मुम्बईमा तीन महिना अभिनय पढेर आएपछि पनि नेपाली चलचित्र मेकरले पत्याउन सकेका छैनन् ।

यसैले, उनको एक्सनलाई भने दर्शकले पर्दामा कहिले हेर्न पाउने हुन् भन्ने कुराको कुनै टुंगो छैन । तर, उनले आफ्नो जोशलाई मर्न दिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment