Comments Add Comment

वनमन्त्री बस्नेत कोरोना परीक्षण गर्न ढिला पुगेपछि …

२५ वैशाख, काठमाडौं । बिहीबार बिहान १० बजेदेखि २ बजेसम्म संघीय संसद भवनको ल्होत्से हलमा सांसद र संसद सचिवालयका कर्मचारीको कोरोना परीक्षणका लागि नमुना संकलन गर्ने तय भएको थियो ।

सोही अनुसार विभिन्न दलका नेता र सांसद आए र स्वास्थ्यकर्मीहरुले उनीहरुको थ्रोट स्वाब संकलन गरे । दिउँसो २ बजेपछि चिकित्सकहरु हिँड्ने तरखर गर्दै थिए । संसद सचिवालयका कर्मचारी पनि बाहिरिने तरखरमा थिए ।

त्यही बेला आइपुगे वनमन्त्री शक्तिबहादुर बस्नेत । मन्त्री कोरोना परीक्षणका लागि ल्होत्से हल पुग्दा २ बजेर १४ मिनेट गएको थियो । मन्त्रीलाई देखेपछि संसद सचिवालयका कर्मचारीले ‘फाइल कता गयो’ भन्दै मन्त्रीको नाम, सम्पर्क नम्बर टिपे । चिकित्सकहरुलाई ‘एकछिन एकछिन, उहाँ मन्त्रीज्यू’ भन्दै नमुना लिनका लागि आग्रह गरे ।

परीक्षणका लागि प्याक गरिसेकका सामग्रीको प्याकेट पुनः खोलेर मन्त्रीको नमुना लिइयो । मन्त्री बस्नेतले आफूले ४ बजेसम्म स्वाब संकलन हुने भन्ने बुझेकाले ढिला भएको प्रतिक्रिया दिए ।

बिहीबार २१२ सांसदसहित ४४१ जनाको परीक्षण गरिएको छ ।

बाँकी सांसद र संसद सचिवालयका कर्मचरीका लागि सोही हलमा भोलि बिहान साढे ८ बजेदेखि परीक्षणका लागि स्वाब लिने गरी तय भएको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment