Comments Add Comment

३४६ नागरिक बोकेर फर्किए २ चिनियाँ जहाज

२५ वैशाख, काठमाडौं । चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् ।

चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् ।

एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए । यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ । चाइना साउदर्न ग्वाङ्जाओका लागि उडान भरेको उनले बताए ।

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् ।

उता, अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौं फर्किएको छ ।

स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौं अवतरण गरेको विमानस्थलका महाप्रबन्धक केसीले बताए ।

त्यस्तै, अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment