 
																			२५ वैशाख, काठमाडौं । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू उपकरण खरिदका लागि ६८ लाख २५ रुपैयाँ नगद सहयोग गरेको छ ।
नेपालको स्वास्थ्य सेवाको विस्तार र विकासमा विभिन्न प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउँदै आएको एएनएमएफले राप्तीमा सघन उपचार सेवा विस्तारका लागि सहयोग गरेको हो।
फाउन्डेसनका अध्यक्ष डा. भूपेन्द्रकुमार बस्नेतले बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई चेक हस्तारन्तरण गरे।
मन्त्री ढकालले सो चेक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति डा. संगीता भण्डारीलाई हस्तान्तरण गरे ।
सो रकमले प्रतिष्ठानले मेनिटर, भेन्टिलेटर, इजीसी मेसिन, आइसयुबेड र डिफिबिलेटर खरिदमा खर्चिने डा. बस्नेतले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री ढकालले नेपाल छोडेर गएका र नेपाल फर्केका समेत चिकित्सकले संकटको समयमा देशलाई सम्झेर गरेको सहयोग निकै अर्थपूर्ण भएको बताए ।
उपकुलपति डा. भण्डारीले मध्यपश्चिम क्षेत्रकै प्रमुख स्वास्थ्य संस्था भएर पनि राप्तीमा सघन उपचार सेवा नहुँदा धेरै बिरामीले एम्बुलेन्समै ज्यान गुमाउनु परिरहेको भन्दै एएनएमएफको सहयोग महत्त्वपूर्ण हुने बताइन् ।
अध्यक्ष डा. बस्नेतले फाउन्डेसनले गोरखा भूकम्पलगतैदेखि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थापना, आईसीयू सेवा विस्तार र अक्सिजन प्लान विस्तारमा पनि सहयोग गर्दै आएको जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4