
२५ वैशाख, वीरगञ्ज । चट्याङ लागेर पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर-२ पाँडेपुरमा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय राजु साहकी ६ वर्षीया छोरी उषाकुमारी साह रहेकी छन् । बिहीबार बिहान हावाहुरीसहित मेघ गर्जेर पानी परेको समयमा उषा बेहोस भएकी थिइन् । उषाको शरीरमा कुनै चोटपटक नदेखिए पनि उनको मृत्यु चट्याङ लागेर भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले घटना स्थल पुगेर शवको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4