Comments Add Comment

‘तिम्ल्याहा बच्चा जन्मिँदा खुसीको सीमा छैन’

२५ वैशाख, पोखरा । पोखरा नगरपालिका–१७ कि किशोर र सपना भण्डारी दम्पत्ति बिहीबार एकैपटक तीन सन्तानको बाबुआमा बने । सपनाले मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा सन्तान जन्माएपछि यो दम्पत्तिको खुशीको सीमा छैन ।

बुधबार बेलुका सपनालाई ब्यथा लागेपछि किशोर र परिवारले पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याए । किशोर र उनको परिवार नयाँ सदस्यको आगमनको प्रतीक्षामा थिए । बिहीबार बिहान डाक्टरले सपनाको शल्यक्रिया गर्नुपर्ने बताए ।

अप्रेसन थियटरमा सपनालाई लगियो । बाहिर किशोर र परिवारले प्रथना गरिरहे, ‘सब ठीक हुने छ । सुखद खबर सुन्न पाइने छ ।’

‘साढे १ बजेतिर डाक्टरले खबर सुनाएँ । हामी ३ सन्तानको बाबुआमा भएछौं,’ किशोरले अनलाइनखबरसँग सुनाए, ‘हाम्रो लागि यो दुर्लभ खुसी हो । घरमा बुवा, आमा, हजुरआमा सबै जना खुसीले गदगद हुनुहुन्छ ।’

७ महिनामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको किशोरले सुनाए ।

सपनाले २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । पहिलो बच्चाको रुपमा जन्मिएकी छोरी १.३ केजी तौलकी छन् । दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौल भएका छोरालाई सपनाले जन्म दिएकी छन् ।

‘डाक्टरले बच्चाको अवस्था समान्य भन्नुभएको छ । तर, तौल भने अलि कम नै छ,’ किशोरको कामना छ, ‘अब बच्चा स्वस्थ भइदिएर काखमा राखेर लिएर गएर हुर्काउन पाए हुन्थ्यो ।’

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायतले सपनाको शल्यक्रिया गरेका थिए । बच्चाको अवस्था अहिले सामान्य रहेको र स्वास्थ्य अवस्था हेरेर १०÷१५ दिन एनआईसीयूमा राख्नुपर्ने मणिपालका मेडिकल डाइरेक्टर डा. सूर्या चौधरीले जानकारी दिए ।

यसअघि गत माघ २ गते स्याङ्जाकी सुनिता प्रधानले ४ शिशु जन्माएकी थिइन् । दुलर्भमात्रै ३/४ शिशु जन्मिने डाक्टर बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment