Comments Add Comment

जेठ पहिलो साताबाट बुन्डेसलिगा सुरु हुने

२५ वैशाख, काठमाडौं । जर्मन लिग बुन्डेसलिगा जेठ पहिलो साताबाट सुरु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण खेल गतिविधि बन्द भएपछि पहिलो पटक जर्मनीमा फुटबल खेल सुरु हुन लागेको हो ।

खेल दर्शक बिना (क्‍लोजडोरमा) खेलाइनेछ । र, एक दिनमा एक खेल मात्र हुनेछ । पहिलो खेल मे १६ मा शाल्के र बोरुसिया डर्टमण्डबीच हुनेछ ।

लिग च्याम्पियन बायर्न म्युनिख, जो अंक तालिका चार अंकको अग्रतासहित शीर्ष स्थानमा छ, उसले सोमबार युनियन बर्लिनसँग खेल्नेछ ।

लिगका अधिकांश टिमले ९ खेल खेल्न बाँकी छ र स्वास्थ्य मापदण्डहरु पूरा गरेर मात्र खेल खेलाइने जर्मन फुटबल एशोससिएनले जनाएको छ । उसका अनुसार रंगशालामा दर्शकलाई प्रवेश दिइने छैन भने खेलाडीहरुको कोरोना परीक्षण गरिनेछ ।

खेल हुने दिन रंगशालामा खेलाडी, क्लब स्टाफ र अफिसियल गरी करिव ३०० मानिस हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment