+
+
Shares

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १२ लाख संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते ८:४०

२६ वैशाख, काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७५ हजार छ सय ४९ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्युयोर्कमा मात्रै २६ हजार एक सय ४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्युजर्सीमा आठ हजार आठ सय ७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक उल्लेख छ।

अमेरिकामा हालसम्म कुल संक्रमितको संख्या १२ लाख ५६ हजार सात सय ८१ पुगेको छ । जसमध्ये एक लाख ९५ हजार ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

अमेरिका हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?