Comments Add Comment

पल र पूजाको आशा–‘दर्शकले माया गर्नुहुन्छ भन्नेमा विश्वस्त छौँ’

नायक पल शाह र नायिका पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिजको तयारीमा थियो । तर, कोरोनाको त्रासका कारण चलचित्रको रिलिज अनिश्चितकालका लागि रोकियो ।

चलचित्र रिलिजको मिति एक साता अगाडि सार्नुपर्दा यसले निर्मातालाई मात्र होइन, कलाकारलाई पनि घाटा लागेको छ ।

तर पनि पल र पूजा चलचित्र जहिले रिलिज भएपनि दर्शकले माया गर्नेमा भने विश्वस्त छन् । नायिका पूजा शर्मा र नायक पल शाहले भिडियो कुराकानीमा यो आशा व्यक्त गरेका हुन् ।

पल भन्छन– ‘मलाई लाग्दैन, भदौ अगाडि चलचित्र रिलिज हुने वातावरण बन्छ । मनोरञ्जन क्षेत्रका लागि भदौ अगाडि राम्रो हुने सम्भवना छैन । तर, चलचित्र जहिले रिलिज भएपनि दर्शकले माया गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’

नायिका पूजा शर्माले पनि ‘पल र छाया’लाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरिन् ।

लकडाउनको समयमा पल र पूजाले सामाजिक सेवामा पनि हात बढाए । पूजाले पलसँग भनिन–‘म त तिम्रो फलोअर हुँ । तिमीले राम्रो कामको सुरुवात गरेका छौं । मैले पनि यसलाई नै फलो गरेकी हुँ ।’

पूजाले पल सुटिङमा ढिलो आउने र आफूलाई निकै दुःख दिने साथी भएको पनि बताइन् । तर, उनले पलको कामको भने खुलेरै तारिफ गरेकी छिन् ।

सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’लाई दर्शकले प्रतीक्षा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment