+
+
Shares

डिजिटल रिलिजका लागि ‘राधे’लाई २५० करोडको अफर ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १०:२४

भारतमा लकडाउन लम्बिरहँदा यसको असर बलिउडमा पनि उत्तिकै परिरहेको छ । हल बन्द हुँदा बलिउड चलचित्रको रिलिज रोकिएको छ। त्यसैले अब केही निर्माताहरूले चलचित्रलाई डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी पनि गरेका छन् । नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम्ब’ अनलाइन रिलिजका लागि तयार छ ।

पछिल्लो केही दिनयता नायक सलमान खानले अभिनय गरेको चलचित्र ‘राधे’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको चर्चा सुरु भएको छ। अनलाइनमा रिलिज गर्न यस चलचित्रलाई दुई सय ५० करोडको अफर आएको बताइएको छ ।

यस विषयमा कुरा गर्दै सलमानका म्यानेजर जोर्डी पट्टेलले भारतीय मिडियासँग भनेका छन्–‘अहिले नै चलचित्र तयार भएको छैन । त्यसैले कति रकममा चलचित्र बेच्ने भन्ने कुरा नै भएको छैन । हामी अहिले नै चलचित्रको बिक्री रकम अनुमान गर्न सक्दैनौं ।’

चलचित्रको एउटा गीतको छायांकन अझै बाँकी रहेको बताइएको छ । उनले चलचित्र डिजिटल प्लेटफर्ममा बेच्नका लागि आफूहरू तयार रहेको समेत बताएका छन् । तर, पहिले चलचित्र नै पूर्ण हुनुपर्ने उनको भनाइ छ ।

भारतमा अगस्ट वा सेप्टेम्बरदेखि चलचित्र भवनहरू खुल्ने अपेक्षा गरिएको छ । तर, चलचित्र भवनहरू खुलेपनि हलमा दर्शक आउनका लागि केही समय लाग्छ । त्यसैले मेकरहरूले डिजिटल माध्यमलाई विकल्पको रुपमा हेरिरहेका छन् ।

इदमा रिलिज हुने भनिएको यो चलचित्रमा सलमान खान र दिशा पटानी मुख्य भूमिकामा छन् । यो चलचित्र इदमा भने अब रिलिज नहुने पक्का जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?