Comments Add Comment

मिरोस्लाभ क्लाेज वार्यनको सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौं । जर्मनीका सर्वाधिक गाेलकर्ता मिरोस्लाभ क्लाेज वार्यन म्युनिखकाे सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनी अर्काे वर्षदेखि उक्त भूमिकामा रहनेछन् । ४१ वर्षीय क्लोजा दुई वर्ष युथ टिमकाे प्रशिक्षक थिए । उनले सन् २०१६ मा खेलाडीबाट सन्यास लिएका थिए ।

सन् २००७ देखि वार्यनमा ४ सिजन खेल्दा उनले लिग र कप उपाधिहरू जितेका थिए । क्लोजले जर्मनीका लागि एक सय ३७ खेलमा ७१ गाेल गरेका छन्। उनले काईजरलाटन वेडर ब्रेमन र लाजियाेबाट समेत खेलेका थिए ।

वार्यनकन मुख्य प्रशिक्षक हान्सी फ्लिकले राष्ट्रिय टिममा हुँदा देखि नै क्लाेजासँग व्यावसायिक र व्यक्तिगत रुपमा राम्राे सम्बन्ध रहेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment