Comments Add Comment

आज स्वाब दिएका सांसद बैठकमा जान नपाउने सम्भावना

हिजो स्वाब लिएका सबैको रिपोर्ट नेगेटिभ

२६ वैशाख, काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएका सांसद दिउँसो ४ बजे हुने बैठकमा सहभागी हुन नपाउने सम्भावना बढेको छ ।

शुक्रबार संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना  कम रहेको संसद  सचिवालयले जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

उनीहरुको रिपोर्ट संसद बैठकअघि आउने वा नआउने टुंगो छैन  ।

संसद सचिवालय अन्तर्गतका स्वास्थ्य इकाइका डा. पुष्प रिजालले शुक्रबार संकलन गरिएका सांसदहरुको रिर्पोट साँढे ४ बजेअघि आउन सम्भव नरहेको बताए । ‘साढ चार देखि ५ बजेपछि रिपोर्ट आउन सक्छ’ उनले भने ।

राष्ट्रिय सभाले शुक्रबार स्वाब संकलन गरिएकाहरुको रिपोर्ट आउन नसक्ने भएपछि उनीहरुलाई बैठकमा सहभागी नगराउने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाले यसबारे निर्णय गरिसकेको छैन ।

तीबाहेक ५४ जना सांसद भने अझै स्वाब संकलनमा छुटेका छन् ।

शुक्रबार संसद बैठकअघि २ सय १२ जना सांसदको मात्र रिपोर्ट आएको छ । उनीहरुमध्ये १ सय ७९ जना प्रतिनिधिसभा सदस्य र ३३ जना राष्ट्रियसभा सदस्य छन् । उनीहरुमा कोरोना संक्रमण नभएको पाइएको इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाका ४ जना सदस्य निलम्बित छन् भने राष्ट्रियसभाका एक जना सदस्य मनोनित हुन बाँकी छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार शुक्रबार स्वाब संकलन गरिएका सांसदहरुको परीक्षण रिपोर्ट बेलुकीसम्म आउन सक्छ ।

संसद सचिवालयका अनुसार बिहिबार स्वाब संकलन गरिएका ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । यीमध्ये २१२ सांसद र अरु संसद सचिवालयका कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment