+
+
Shares

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १६:३०

२६ वैशाख, काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो पटक नेपालगञ्जमा थपिएका २२ जना कोरोना  संक्रमितको कन्ट्याक ट्रेसिङका क्रममा उनको नमुना संकलन गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका-८ का उनको ट्राभल हिस्टी छैन ।

योसँगै नेपालमा  कोरोना  संक्रमितको संख्या १ सय २ पुगेकोछ । अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन् ।

अहिले रुपन्देहीमा ३ जना, नेपालगञ्जमा  २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा  २६ जना र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको  प्रवक्ता देवकोटाले बताए ।

प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । जसमध्ये २७ जना निको भएर घर फर्किएका छन् भने ३ जना पुन कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?