Comments Add Comment

भान्साको ओखती दालचिनी : पेटको रोगदेखि स्त्री रोगसम्ममा उपयोगी

सामान्यतः दालचिनी हाम्रो भान्सामा सहजै उपलब्ध हुने मसला हो । मासु वा तरकारीको स्वाद बढाउन होस् वा चियाको, दालचिनी सबैमा उपयोगी हुन्छ । यसको आफ्नै मीठो स्वाद हुन्छ । साथसाथै बास्ना पनि । तर, दालचिनीको उपयोगीता स्वाद बढाउनमा मात्र छैन । खासमा यो औषधिय गुणले भरिपूर्ण छन् ।

दालचिनी खासमा रुखको बोक्रा हो । यसको पातलाई तेजपत्ता भनिन्छ, जो स्वादिलो र औषधिय गुणले भरिपूर्ण हुन्छ ।

दालचिनीमा भिटामिन ए, भिटामिन बि, क्याल्शियम, आइरन, म्याग्नेशियम र फाइबर हुन्छ । साथै दालचिनीमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तत्व समेत पाइन्छ । यो मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउन उपयोगी हुन्छ । ब्लड शुगर नियन्त्रण गर्न समेत दालचिनी उपयोगी हुन्छ ।

पाचन यन्त्रका लागि

खासगरी दालचिनीको उपयोग पाचन तन्त्र सुधार्नका लागि हुन्छ । अदि अपच भएमा, पेट फुलिएमा दालचिनीलाई जीरा र सुकुमेलसँग मिसाएर सेवन गर्दा लाभ मिल्छ । यसैगरी दालचिनीलाई मरिच र महसँग मिसाएर सेवन गर्दा पनि पेट सफा हुन्छ । कब्जियतमा, ग्याष्ट्रिकमा, वान्तामा दालचिनीको सेवन उपयोगी हुन्छ ।

चिसो लागेमा

रुघा लागेको अवस्थामा पनि दालचिनी निकै उपयोगी हुन्छ । दालचिनी पाउडर उमाल्ने, त्यसमा मरिच र मह मिसाएर सेवन गर्नुपर्छ ।

स्त्री रोगमा

गर्भाशयको विकार भएमा दालचिनीको उपयोग गर्न सकिन्छ । प्रसवपछि एक महिनासम्म दालचिनीको टुक्रा चपाउनाले गर्भको समस्या ठीक हुन्छ ।

विभिन्न शारीरिक समस्यामा दालचिनीको प्रयोग गर्न सकिन्छ ।

-वान्ताको समस्या भएमा एक गिलास पानीमा एक चम्चा दालचिनी पाउडर र आधा चम्चा मह मिलाएर विस्तारै पिउनुपर्छ ।

-अस्थमा अर्थाद दम जस्तो रोगमा दालचिनीको पाउडर सख्खरसँग मनतातो पानीमा मिलाएर पिउनुपर्छ, फाइदा गर्छ ।

– टाउको दुखेको बेला दालचिनी पाउडरलाई थोरै तातो पानीमा मिसाएर पेस्ट बनाउने । उक्त पेस्ट टाउकोमा लगाउनुपछृ । १० मिनेटपछि उक्त पेस्ट धुनुपर्छ, टाउको दुखाईमा राहत मिल्छ ।

-ग्याष्ट्रिकको समस्या भएमा एक चम्चा दालचिनी पाउडरमा एक चम्चा मह मिसाएर पानीसँग पिउनुपर्छ । यसले ग्याष्ट्रिकको समस्या मात्र हटाउने छैन, पेट समेत सफा बनाउँछ ।

– जोर्नीको दुखाईमा समेत दालचिनी उपयोगी हुन्छ । यसका लागि मनततो पानीमा एक चम्चा दालचिनी पाउडर र आधा चम्चा मह मिसाएर पेस्ट बनाउनुपर्छ । यसले मालिस गर्नुपर्छ, जोर्नीको दुखाई कम हुन्छ ।

-छालाको समस्यामा समेत दालचिनीको उपयोग गर्न सकिन्छ ।

– हृदयरोगीले दालचिनी सेवन गरेमा निकै फाइदा मिल्छ ।

-दालचिनीले कोलेस्टोरको लेभल पनि नियन्त्रण गर्छ । यसका लागि तीन चम्चा दालचिनीमा दुई चम्चा मह मिसाएर एक गिलासमा पानी पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment