
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको हात्तिसार क्षेत्रमा 'हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स' नामक नयाँ रेष्टुराँ तथा कार्यक्रमस्थल सञ्चालनमा आएको छ।
- सञ्चालक सन्तोष गौतमले 'गुणस्तरीय सेवा र आरामदायी वातावरणमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिनेछौं' भने।
- यस स्थलमा नेपाली, चिनियाँ, भारतीय तथा कन्टिनेन्टल परिकारहरू उपलब्ध छन् र करिब २०० जना क्षमताको ब्यान्क्वेट हल छ।
काठमाडौं। काठमाडौंको हात्तिसार क्षेत्रमा ‘हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्स’ नामक नयाँ रेष्टुराँ तथा कार्यक्रमस्थल (इभेन्ट भेन्यू) सञ्चालनमा आएको छ।
आधुनिक सुविधासम्पन्न भेन्यु र स्वादिलो परिकारको संयोजनसहितको यो स्थलले पारिवारिक जमघट, विवाह, सेमिनार तथा अन्य सामाजिक तथा व्यावसायिक कार्यक्रम आयोजना गर्न सकिने व्यवस्था मिलाएको छ।
सञ्चालक सन्तोष गौतमले हिमायल रेष्ट्रोले नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको बताएका छन्। ‘गुणस्तरीय सेवा र आरामदायी वातावरणमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिनेछौं,’ उनले भने ।
हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्समा नेपाली, चिनियाँ, भारतीय तथा कन्टिनेन्टल परिकारहरू उपलब्ध छन् भने करिब २०० जना क्षमताको ब्यान्क्वेट हल पनि छ।
स्थानीय तथा पाहुनाहरूका लागि सहज पहुँचको स्थानमा अवस्थित यस रेष्ट्रोले काठमाडौंको रेष्टुराँ तथा इभेन्ट व्यवसायमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
उनका अनुसार हिमालय रेष्ट्रोमा प्रशस्त सवारी पार्किङको सुविधा रहेको छ ।
प्रतिक्रिया 4