+
+
Shares

मंगलबारबाट खुल्ने भयो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १७:१७

२६ वैशाख, काठमाडौं । लकडाउनका कारण बन्द भएको सेयर बजार मंगलबारबाट सूचारु हुने भएको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सेयर बजार सूचारु गर्न निर्देशन दिएको हो ।

११ चैतयता कारोबार बन्द भएको थियो । बोर्डका अनुसार अब बिहान ११ बजेदेखि १ बजेसम्म अर्थातः दुई घण्टा कारोबार हुने भएको हो ।

शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन भएको छ । यस अनुसार अब दुई प्रतिशतमै सर्किट ब्रेकरको व्यवस्था भएको छ ।

अब कोरोनाको प्रभाव कायम हुन्जेल दुई प्रतिशतभन्दा माथि बजार बढ्दा वा दुई प्रतिशतभन्दा तल घटेको अवस्थामा अब सर्किट ब्रेक लाग्ने प्रावधान ल्याइएको छ ।

सरकारले बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र बोर्डजस्ता क्षेत्र संचालनको बाटो खोलेको थियो । यस्तो सेवा सूचारु गर्दा बढीमा एक तिहाई मात्र कर्मचारी राखेर सेवा सुचारु गर्न सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?