+
+

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार २०१ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते ६:३५

२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण इटालीमा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । शुक्रबार थप दुई सय ४३ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३० हजार दुई सय एक पुगेको हो ।

शुक्रबार मृत्यु भएकाको संख्या बिहीबारको तुलनामा भने कम हो । बिहीबार दुई सय ७४ जनाको मृत्यु भएको थियो । इटालीमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या पहिलेको तुलनामा केही घटे पनि रोकिएको भने छैन ।

इटालीमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख १७ हजार एक सय ८५ छ ।

कोरोना भाइरस संक्रमण देखिएको इटली युरोपको पहिलो देश हो । संक्रमण रोकथामका लागि देशभर गरिएको लकडाउन हाल बिस्तारै-बिस्तारै खोल्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?