+
+
Shares

शंकरनगर स्वास्थ्य चौकीलाई बनाइयो आइसोलेसन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते १३:१०

२७ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

नियमित सेवालाई वडा नं. २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाइएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । तत्काल दश बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप दश बेड विस्तार गर्न सकिने उनले बताए ।

तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी इञ्चार्ज केशव भट्टराईले जानकारी दिए ।

बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?