+

किन हुन्छ यौन समस्या ?

२०७७ वैशाख  २७ गते १८:५९ २०७७ वैशाख २७ गते १८:५९
किन हुन्छ यौन समस्या ?

मानिसको यौन जीवन उसको जीवनशैलीमा निर्भर गरेको हुन्छ । जीवनशैली परिवर्तन गर्नेबित्तिकै पहिलो प्रभाव उसको यौन जीवनमा परेको हुन्छ ।

आधुनिक जीवनशैली वा सुविधासम्पन्न जीवन, दिनानुदिन मध्यरातसम्मको व्यस्तता, शारीरिक श्रमको कमी, जंक फास्टफुड खाना र रातिसम्म पार्टी धुम्रपान र मद्यपानको सेवनले मानिसको यौन जीवनमा नकारात्मक प्रभाव पारेको हुन्छ र यौन रोग जस्ता समस्या उत्पन्न हुन सक्छ ।

जति तीव्र गतिमा विज्ञानले सुख सुविधा दिएको छ त्यति नै मानिसमा एकोहोरोपन, तनाव, मोटोपन, उच्च रक्तचाप, माइग्रेन, मधुमेह र हृदय रोग जस्ता मानसिक र शारीरिक रोगहरू पनि बढ्दै गएको छ ।

जीवनशैली र प्रजनन क्षमता

आधुनिक जीवनशैलीले मानिसको स्वास्थ्यमा असर पार्नुको साथै यसले प्रजनन क्षमतामा पनि नकारात्मक रुपमा प्रभावित पारेको हुन्छ । बेलायतमा भएको एक अध्ययनअनुसार ५० वर्ष अघि १ मिलिलिटर वीर्यमा शुक्राणुको संख्या ११ करोड ३० लाख थियो भने आज यो घटेर ४ करोड ७० लाख पुगेको छ ।

शुक्राणुको संख्या घट्नुका साथै यसमा पाइने गुणमा पनि कमी आएको छ । परिवर्तनशील जीवनशैलीको कारण मानिसमा प्रजनन क्षमतामा पनि कमी आएको छ । यदि पुरुषले धुम्रपान वा अन्य नशालु पदार्थको प्रयोगमा कम गरेको खण्डमा वा मोबाइलको कम प्रयोग गरेमा शुक्राणुमा हुने समस्याबाट मुक्त हुन सकिने जानकारीहरू बताउँछन् ।

विवाहपूर्व यौन सम्बन्ध

समाज विकसित भएसँगै मानिसमा यौन सम्बन्धलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । विवाहपूर्व नै यौनसम्बन्ध राख्नु साधारण कुरा भएको छ । असुरक्षित यौन सम्बन्धले महिलामा यौन रोग जस्तै सिफलिस, गोनोरिया र पुरुषमा एचआईभी एड्स जस्ता गम्भीर रोग लाग्ने खतरा पनि बढ्दै गएको छ । यदि महिलालाई यस्ता कुनै पनि यौन लागेको खण्डमा पछि गर्भ टुहिने जस्ता समस्या उत्पन्न हुन सक्छ ।

धुम्रपान र नशालु पदार्थको प्रयोग

मध्यरातसम्म पार्टीमा धुम्रपान र मद्यपानको प्रयोगले पनि सेक्स लाइफमा प्रभाव पारेको हुन्छ । धुम्रपान गर्ने पुरुषमा नपुंसक हुने सम्भावना धेरै पाइएको छ । धुम्रपान गर्ने पुरुषमा शुक्राणुको संख्या र त्यसको गतिशीलतामा पनि कमी आउँछ । धुमपान गर्ने महिलामा मेनोपौज हुने सम्भावना हुन्छ जसले इस्ट्रोजनको स्तर घट्छ र मासिक धर्मसँग सम्बन्धित समस्या उत्पन्न हुन्छ ।

शारीरिक श्रमको अभाव

व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक व्यायाम गर्ने फुर्सद पाउँदैन । शारीरिक र मानसिक तनावबाट मुक्त हुनको लागि कम्तीमा पनि बिहानको समयमा एक घण्टा शारीरिक व्यायाम गर्नुपर्छ । यसले मानिसको डिप्रेसन, पाचनप्रणाली, मधुमेह र उच्च रक्तचाप जस्ता समस्याबाट मुक्त हुन सकिन्छ । तर, अहिलेको जीवनशैलीले मानिसमा अल्छीपना उत्पन्न गरेको छ । शारीरिक व्यायामको अभावले पनि सेक्स लाइफमा प्रभाव पारेको हुन्छ ।

एउटा गैरसरकारी संस्थाले आधुनिक जीवनशैलीले ग्रसित एक हजार महिला, पुरुष र बालबच्चामा गरेको अनुसन्धानमा ७७ प्रतिशत पुरुष, ६३ प्रतिशत महिला र ७५ प्रतिशत बच्चाहरू दिनमा ३० मिनेट पनि शारीरिक व्यायाम नगरेको पाइएको छ ।

खानपान र निद्रा

बिहान ओछ्यानबाट उठ्नेबित्तिकै चिया पिउनुपर्ने र अफिसको लागि दौडिहाल्ने बानीले गर्दा पनि स्वास्थ्यमा प्रभावित पारेको हुन्छ । शरीरको लागि आवश्यक पौष्टिक तत्वको अभावले डायविटिज, क्यान्सर, मोटोपन जस्तो रोग निम्त्याउने गर्दछ । पौष्टिक तत्वको अभावले प्रतिरोधक क्षमता र शरीरको उर्जा पनि कमी देखाउँछ । स्वस्थ पौष्टिक आहार र राम्रो निद्राले मानिसमा रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ ।

विशेषज्ञको सल्लाह

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर यौन सम्बन्धसँग सम्बन्धित कुरा मनोविज्ञान डाक्टर के आर धरले भनेका छन् कि, ‘‘परिवर्तनशील जीवनशैलीमा कामको व्यस्तताले सेक्स जस्तो महत्वपूर्ण क्रियासँग पर भाग्दै गएको छ । उनीहरूमा यौनसम्बन्धको इच्छामा कमी आएको छ । दम्पतीमा शारीरिक आकर्षणको अभावले सेक्ससम्बन्धी समस्या निम्त्याएको छ ।

केही दम्पती आफ्नो सेक्सुअल लाइफ आफ्नो स्तरमा सन्तुष्ट बनाउनको लागि पोर्न भिडियो वा सेक्स टोयको प्रयोग गर्दछ तर यो तरिका एकदम गलत हो । स्वस्थ सेक्सको अभावले अनेक शारीरिक समस्या उत्पन्न गरेको हुन्छ । यौन शिक्षाको अभाव र समाजमा यौनसँग सम्बन्धी केही पनि कुरा खुलेर कुरा गर्न हिचकिच्याएको हुन्छ । यस्तो परिस्थितिमा यौन विशेषज्ञको सरसल्लाह लिनु उपयुक्त हुन्छ ।

यौन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी