Comments Add Comment

फ्रिजको हानि, बासी खाने बानी

धेरैलाई लाग्छ, फ्रिज भएपछि खानेकुरा ताजा राख्न सकिन्छ । तर, कुरा ठिक उल्टो छ । फ्रिज भएकै कारण हामी बासी खानेकुरा खाइरहेका छौं । कसरी ?

–फ्रिज छ भन्ने भएपछि आवश्यकताभन्दा बढी खानेकुरा पकाउँछौं । बाँकी रहेको खानेकुरा फ्रिजमा राख्न सकिन्छ भन्ने लाग्छ ।

–दुई वा तीन पटक पकाउँदा झन्झट हुने भएकाले कतिपयले एकै पटक दुई/तीन छाकलाई पुग्ने खानेकुरा पकाउँछन् र फ्रिजमा राख्छन् ।

–फ्रिजमा राखिएको खानेकुरा ताजा हुन्छ भन्ने लाग्छ। त्यही कारण केही दिनको बासी खानेकुरा पनि हामी खाइदिन्छौं ।

–फ्रिज भएकै कारण हामी बजारबाट एकै पटकमा धेरै सरसामान ल्याउने र फ्रिजमा भण्डारण गर्ने गर्छौं । यसरी राखिएको खानेकुरा एक साता वा महिना दिनसम्म पनि प्रयोग गरिरहेका हुन्छौं ।

–दाल, तरकारी, दही, मोही, दूध, अचार आदि फ्रिजमा राखेर सेवन गर्ने बानी परिसकेको छ ।

फ्रिजको फाइदा

स्वास्थ्यलाई छाडेर हेर्ने हो भने फ्रिज प्रयोग गर्नुको केही फाइदा पनि छन् । जस्तो यसले समयको बचत हुन्छ । सागसब्जी पटक पटक किनेर ल्याउनुपर्ने अवस्था रहँदैन । एकै पटक किनेर फ्रिजमा राखिदिए हुन्छ ।

श्रमको बचत हुन्छ । एकै पटक केही छाकलाई पुग्ने तरकारी, दाल र अचार बनाउन सकिन्छ । अर्को छाकमा भात मात्र पकाए पुग्छ । सोही दाल, तरकारी काम लाग्छ ।

कतिपय खानेकुरा खेर जाँदैन । जस्तो बाँकी रहेको भात, तरकारी, सागसब्जी, दूध, दही आदि । फ्रिजमा राखेपछि ताजा रहन्छ ।

सोच्नुपर्ने कुरा

तर, हामीले फ्रिजको सही सदुपयोग गरिरहेका छौं त ? फ्रिजले हाम्रो समय र श्रमलाई बचत गरिदिएको छ ? खानेकुरा नष्ट हुनबाट बचाएको छ ?

एक हिसाबले यी प्रश्नहरूको जवाफ सकारात्मक आउन सक्छ । त्यसो भए फ्रिजको कारण बचत भएको समय र श्रम हामीले कहाँ र कसरी सदुपयोग गरिरहेका छौं त ?

के हामीसँग आफूले खानका लागि एक छाक सागसब्जी किन्ने समय छैन ? एक पटक पकाएर ताजा खाने फुर्सद छैन ?

फ्रिज : सजिलो तर हानिकारक

फ्रिजमा लामो समय राखेर उपभोग गरिने खानेकुरा स्वस्थ्यक हुँदैन । लामो समयसम्म फ्रिजमा राखेको खानेकुरा खानाले ब्याक्टेरियाको संक्रमण भएर धेरै रोगहरू लाग्न सक्छ । पकाएर राखेका खानेकुरा लामो समयसम्म प्रयोग गर्नाले के कस्ता हानि हुन्छ ?

पेटसम्बन्धी समस्याहरु

दुई घण्टा भन्दा अगाडि बनेको खाना खाँदा स्वस्थमा नराम्रो असर गर्छ । बासी खानेकुरा खाँदा त्यसमा उत्पन्न भएका ब्याक्टेरिया पेटमा पुगेर कुहिन थाल्छ । जसका कारण पेट दुख्ने जस्ता अनेक समस्याहरू देखिन थाल्छ । एक-दुई दिन पुरानो खानाले त पेट दुख्नुको साथै बान्ता समेत हुन थाल्छ । फ्रिजमा राखेको बासी खाना खाँदा ग्यास, एसीडीटी र पेट दुख्ने जस्ता समस्याहरू हुन सक्छ ।

खानामा पौष्टिकता रहँदैन

फ्रिजमा राखेको बासी खानाको स्वादमा तपाईलाई कुनै फरक अनुभव नभए तापनि बासी खानामा सबै पौष्टिक पदार्थ नष्ट भइसकेको हुन्छ । स्वाद कम हुनु पौष्टिक पदार्थ नष्ट हुनुको साथै शरीरलाई हानि गर्ने ब्याक्टेरिया पनि उत्पन्न भइसकेको हुन्छ ।

यी समस्याहरूबाट बच्नका लागि सधै ताजा खानेकुरा खानु उपयुक्त हुन्छ ।

झाडापखाला

बासी खाना खाँदा झाडापखाला लाग्छ। जसले गर्दा हाम्रो शरीरमा पानीको मात्रा कम हुन जान्छ । झाडापखालाले शरीरलाई कमजोर बनाइदिन्छ ।

फुड प्वाइजन

बासी खानेकुरामा ब्याक्टेरिया उत्पन्न हुन्छन् भन्ने तथ्य फेला परेको छ । लामो समयदेखि  पकाएर राखेको खाना खाँदा त्यसमा उत्पन्न भएका ब्याक्टेरियाका कारण फुड प्वाइजन हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment