+
+
Shares

चीन–भारत सीमाक्षेत्रमा झडप, ११ सैनिक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १३:४३

२८ वैशाख, काठमाडौं । सिक्किमतर्फको चीन–भारत सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको छ । झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएका छन् ।

प्रहरी स्रोतका अनुसार, उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार यो झडप भएको हो । समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा झडप र विवाद भएको थियो । जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका छन् ।

यद्यपि, स्थानीयस्तरमा यो विवाद सुल्झाइएको छ । यो विवादमा एक सय ५० सैनिक सामेल भएका थिए । लामो समयको विवादपछि दुवैतर्फका सेनाहरू आफ्नो पोस्टमा फर्किएका थिए ।

भारत र चीनको सीमाक्षेत्रमा बेलाबेलामा तनाव हुने गरेको छ । यसअघि सन् २०१७ मा पनि चीन र भारतको सीमाक्षेत्रमा तनाव भएको थियो ।

स्रोत : हिन्दुस्तान टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?