Comments Add Comment

अतिक्रमित भूमि फिर्ताको माग गर्दै संसदमा नेकपा सांसदको संकल्प प्रस्ताव

२८ वैशाख, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

नेकपा सांसदहरु गणेशप्रसाद ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाक्री लगायतले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको भएको ऐतिहासिक प्रमाण, तथ्यहरुले प्रमाणित भएको भन्दै संकल्प प्रस्तावमा महाकाली नदी पूर्वको करिव ४०० वर्ग किमी भूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment