+
+

अल्लु अर्जुनको ‘पुष्पा’मा ६ मिनेटको एक्सनका लागि ६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते ८:५९

साउथका चर्चित नायक अल्लु अर्जुनको मुख्य भूमिका रहने चलचित्र ‘पुष्पा’को छायांकनको तयारी भैरहेको छ । भारतमा लक डाउन खुलेसँगै यो चलचित्रको छायांकन सुरु हुनेछ ।

यो चलचित्रमा एक्सन दृश्यका लागि महंगो रकम खर्च गर्न लागिएको भारतीय मिडियाले बताएका छन् ।

भारतीय मिडियाका अनुसार, ६ मिनेट लामो एक्सनको दृश्यका लागि मात्रै ६ करोड रुपैयाँ खर्च गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

यो चलचित्रको निर्माणका लागि कुनै पनि विदेशी प्राविधिकलाई काम नगराउने तयारी गरिएको छ । भारतीय मिडियाका अनुसार, सबै भारतीय प्राविधिकले नै यो चलचित्रमा काम गर्नेछन् । यो चलचित्र अल्लु अर्जुनको करिअरका लागि पनि महत्वपूर्ण छ । किनकी, यो चलचित्र भारतका सबै भाषामा रिलिज हुनेछ ।

हिन्दी भाषामा समेत रिलिज हुने यो चलचित्रले अर्जुनलाई भारतभर लोकप्रिय बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?