Comments Add Comment

परराष्ट्रमन्त्रीज्यू भाषणमात्र होइन रिजल्ट चाहियो : सा‌ंसद गुरुङ

२९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भाषण भन्दा काममा ध्यान दिन आग्रह गरेकी छन् ।

मन्त्रीले काम भन्दा बढ्ता भाषण गर्दै हिँडेको आरोप लगाउँदै उनले यस्तो बताएकी हुन् ।

‘भाषण मात्रै दिने भए राजीनामा दिएर हामीसँगै आएर बोल्नुस् । होइन भने रिजल्ट दिन पर्‍यो’ गुरुङले सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा भनिन् ।
सरकारले सीमा समस्या समाधानका लागि पर्याप्त पहल नगरेर भाषण मात्रै दिने गरेको उनको आरोप छ ।

भारतले नेपाल सबै खाएपछि राष्ट्रसंघ गुहार्ने ?

सांसद गुरुङले तत्काल भारतसँगको सीमा समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन् ।

‘नेपालले भारतलाई के आधारमा विश्वास गर्ने ? भारतले सबै नेपाल खाइसकेपछि राष्ट्रसंघ गुहार्ने ?’ गुरुङको प्रश्न छ ।

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेर विवाद झिकेका कारण नेपालले पनि त्यसको काउन्टरमा नयाँ नक्सा नै सार्वजनिक गरेर अगाडि बढ्न सक्नुपर्ने उनको सुझाव छ ।

त्यसो गर्दा स्वतः अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित हुने र नेपाललाई तथ्यका आधारमा आफ्नो भूमि फिर्ता ल्याउन सहज हुने उनको भनाइ रहेको छ ।

भारतीय सीमामा पर्खाल र काँडेतार लगाउन पनि उनले माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment