+
+
Shares

कतारमा कामदारलाई कोरोनाबाट बचाउनेबारे छलफल

सचेतना कार्यक्रम आवश्यक, सबैका लागि उपचारको व्यवस्था गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १७:३५

२९ वैशाख, कतार । कतारको राष्ट्रिय मानव अधिकार कमिटी (एनएचआरसी) ले मजदुरहरुलाई कोरोना भाइरस (कोभिड–१९) बचाउन कोरोना भाइरसको विषयमा थप सचेतना कार्यक्रम आवश्यक रहेको बताएको छ ।

एनएचआरसीले गरेको फिल्ड भ्रमणका क्रममा कामदार तथा संकटमा रहेको समूहलाई थप सचेतना जरुरी रहेको बताएको हो । एनएचआरसीले निरन्तररुपमा कमिटीमा आएको गुनासो र मुद्दाको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउँदै आएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयसँगको बैठकका क्रममा एनएचआरसीले सबै नागरिक तथा बसोवास गर्ने मानिसहरुलाई आवश्यक स्वास्थ्य सेवा र उपचार तथा औषधिको सुनिश्चितता गर्न सुझाव दिएको थियो ।

विशेष कोरोना भाइरसको महामारी फैलिरहेको समयमा वृद्ध, अशक्त, अपाङ्ग, प्राणघातक रोगबाट पीडित र कम आम्दानी भएका मजदूरहरुलाई यस किसिमको सहयोग आवश्यक रहेको एनएचआरसीको ठहर छ ।

एनएचआरसीका उपाध्यक्ष डा. मोहम्मद बिन सैफ अल कुवारीले एक प्रेस वक्तव्यमार्फत महामारीको समयमा मजदुरको अधिकार रक्षा गर्नका सम्बन्धित अधिकारीहरुसँग छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?