Comments Add Comment

सर्लाही र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

२९ वैशाख, काठमाडौं । सर्लाही र सुनसरीमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-१ नन्देश्वरी बस्ने ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँस्थित सामुदायिक वनमा घाँस काटन रुखमा चढेको अवस्थामा हाइटेक पावरको तारमा छुन गई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गोलेको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीमा करेन्टको प्रयोग गरी माछा मार्ने क्रममा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ३५ वर्षीय बिष्णु चौधरी रहेका छन् । घर नजिकैको खोल्सामा करेन्ट लगाई माछामार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु प्रहरीले जनाएको छ ।

दुवै घटनाको बारेमा स्थानीय प्रहरी प्रशासनले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment