Comments Add Comment

कोरोना पीडितका लागि युरोप क्षेत्रमा ३७ लाख रुपैयाँ संकलन

३० वैशाख, बार्सिलोना । कोरोना भाइरस (कोभिड १९) बाट पीडित नेपाली समुदायको सहयोगार्थ युरोप क्षेत्रमा करिव ३७ लाख रुपैयाँ संकलन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको ‘कोभिड १९’ युरोप क्षेत्रीय समितिको सक्रियतामा दुई साताभित्र सो रकम संकलन भएको हो ।

समितिका सदस्य सचिव रामशरण शिम्खडाका अनुसार आइतबार साँझसम्म २४ हजार ५ सय ६१ अमेरिकी डलर संघको खातामा जम्मा भएको छ। ‘ भर्खर काम शुरु गरेका छौं, सहयोग आउने क्रम जारीनै छ । संघको केन्द्रीय निर्देशन अनुरुप आर्थिक संकलनको काम अघि बढेको छ’ उनले भने ।

संघको युरोपेली कोषमा अष्ट्रिया, बेल्जियम, स्वीटजरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड,  लक्जम्वर्ग, रसिया, माल्टा, र नेदरल्याण्डमा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समन्वय परिषदहरुले सहयोग गरेका हुन् ।

यसैबीच कोरोना प्रभावित युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई २० हजार डलर आर्थिक सहयोग गरेको छ । कोरोनाले प्रभाबित बनेका ५ वटा युरोपेली मुलुकहरुमा रहेका गैर आवासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको हो ।

संघले स्पेन र पोर्चुगललाई पाँच पाँच हजार डलर, इटालीलाई ४ हजार डलर तथा साइप्रस र माल्टाका लागि तीन तीन हजार डलर छुट्याएको छ ।

पहिलो चरणमा साइप्रसलाई र बाँकी चार वटा एनसीसीलाई दोस्रो चरणमा सहयोग घोषणा गरिएको हो ।

यसअघि संघले केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर कोरोनाविरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment