Comments Add Comment

सिराहा र धनुषाबाट लागूऔषधसहित तीन जना पक्राउ

३० वैशाख, जनकपुरधाम । लकडाउनको समयमा पनि लागूऔषध बोक्नेहरु पाइरहेका छन् । यद्यपि उनीहरुले कुन ठाउँबाट लागूऔषध ल्याइरहेका छन् भन्ने कुरा खुल्न सकेको छैन् ।

पछिल्लो पटक प्रदेश २ को सिराहा र धनुषाबाट तीन जना युवक लागूऔषधसहित पक्राउ परेका छन् । सिराहाको भगवानपुर गाउँपालिका ३ लालपुर टोलस्थित इनर्वा भगवानपुर कच्ची बाटोबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोशाक टोलीले दक्षिणबाट उतरतर्फ आउँदै गरेको बीआर३२एक्स ८४६१ नम्बरको मोटरसाइकलमा सवार भगवानपुर गाउँपालिका ३ का १९ वर्षीय परितोषकुमार यादब र पछाडि सवार १९ वर्षकै क्रिचनशरण यादवलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध डाईलेक्स डीसी १०० एमएलको ३० बोतल बरामद भएको छ ।

यस्तै, धनुषाको नगराइन नगरपालिका ६ बाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी डेविडियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही ठाउँका २४ वर्षीय अशोक कुमार मण्डललाई पक्राउ गरेको छ । उनको साथबाट एक्सिप्लोन सिरफ २ बोतल, नाईट्राभेट ३१ ट्यावलेट र स्पास्मो प्रोक्सिभोन क्याप्सुल ३ वटा बरामद भएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment